

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ८८ अङ्कले उकालो लागेर एक हजार आठ सय ८३ दशमलव २० मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कूल ४८ लाख २८ हजार सात सय ७६ कित्ता शेयर रु एक अर्ब ६० करोड चार लाख ९२ हजार सात सय ३१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड १७ लाख ६५ हजार चार सय ८० बराबरको शेयर कारोबार भयो ।
यस्तै राष्ट्रिय बीमा कम्पनी रु पाँच करोड २८ लाख ९९ हजार सात सय ५३, तारागाउँ रिजेन्सी होटल रु चार करोड एक लाख ३३ हजार पाँच सय ३१, नागरिक लगानी कोष रु तीन करोड ७० लाख ९२ हजार र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ६४ लाख ९० हजार पाँच सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७