काठमाडौ । बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिनुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको हो ।
नेकपा एकीकृत समाजवादी का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिनुभएको छ । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्री र विनाविभागीय मन्त्रीका रुपमा रामकृष्ण चित्रकारले शपथ लिनुभएको छ ।
यसअघि नेकपा ९माओवादी केन्द्र० का युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भइसक्नुभएको छ । यस्तै कांग्रेसका बहादुर सिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त हुनुभएको थियो ।
शपथ कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री दुलाल, सामाजिक विकासमन्त्री मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
मुख्य समाचारबाट थप समाचार
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
काठमाडौंको वायु अझै स्वस्थकर
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८