TRENDING

साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल कुवेतसँग

काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले कुवेतसँग खेल्ने भएको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसन साफले बुधबार खेलतालिका सार्वजनिक गरेको हो ।

बुधबार नै भएको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ । यो समूहमा नेपाल र कुवेतसँगै आयोजक भारत र पाकिस्तान छन् ।

नेपालले प्रतियोगिताकै पहिलो खेलका रुपमा ६ असारमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । बैंगलुरुको श्री कान्तीराभा रंगशालामा यो खेल नेपाली समयअनुसार अपराह्न पौने चार बजेदेखि सुरु हुनेछ । सोही दिन साँझको खेलमा समूह ए कै भारत र पाकिस्तान भिड्नेछन् ।