काठमाडौ । चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको सङ्ख्या हो ।
प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार चार सय तीन, असोजमा ६२ हजार सात सय छ, कात्तिकमा ७८ हजार तीन सय ७०, मङ्सिरमा ६८ हजार पाँच सय ६४, पुसमा ६५ हजार चार सय ६४, माघमा ६४ हजार दुई सय ८४, फागुनमा ६१ हजार आठ सय ४५ र चैत महिनामा ६१ हजार चार सय ७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ।
सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स ९युएई० का लागि श्रम स्वीकृति जारी भएको छ । गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको सङ्ख्या ५१।५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५।५ प्रतिशतले वृद्धि भएको छ ।
मुख्य समाचारबाट थप समाचार
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८