काठमाडौ । पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडाँै कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र धनकुटाको एक सय ५५ रहेको छ ।
एक्यूआइ शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । एक्यूआइ एक सय ५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ । पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआइ एक सय ५० भन्दामाथि छ । स्वास्थ्यलाई नै हानि गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।
प्रदूषणकै कारण काठमाडौ उपत्यकासहित धेरै ठाउँमा बिहानदेखि तुवाँलो लागेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।
भक्तपुर, मध्यपुरथिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेकाले यहाँको हावा अस्वस्थकर देखिएको जनाइएको छ । यी क्षेत्रको एक्यूआइ एक सय ५० भन्दा कम रहेको छ । यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुन्ने विज्ञ बताउँछन् । गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित बन्दै गएको बताइएको छ ।
बागमती प्रदेशबाट थप समाचार
प्रहरीमाथि हातपात, एक जना पक्राउ
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८