

काठमाडौ । शेयर बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो ।
आज दुई सय ६५ वटा कम्पनीको १ट९ लाख ४२ हजार छ सय २६ कित्ता शेयर रकम रू ५८ करोड ९१ लाखमा कारोबार भएको छ । विभिन्न समूहको उपसूचक हेर्दा आज निर्जीवन बीमा समूह ३० दशमलव ८३ अङ्क र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अङ्कले बढेको छ ।
त्यस्तै, वित्त समूह तीन दशमलव २६ र जलविद्युत् समूह दुई दशमलव १२ अङ्कले बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा १४ दशमलव ३९ अङ्कको गिरावट देखिएको छ । बैंकिङ समूह दुई दशमलव ६३, विकास बैंक समूह आठ दशमलव ९०, लगानी समूह शून्य दशमलव २३ र जीवन बीमा समूह नौ दशमलव २० अंकले घटेको छ ।
त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार समूह चार दशमलव ७४ र अन्य समूह १० दशमलव ७८ अङ्कले घटेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिडेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव २४ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा एनसिसी डिभेन्चर २०८६ को शेयर मूल्य सात दशमलव २४ प्रतिशत छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७