TRENDING
होमपेज
आज धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना


काठमाण्डौ । आज देशका धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
दिउँसो १, २ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रि मनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने हुन्छ । केही दिन अघि पानी परेका बेला हावाहुरी चलेको थिएन । तर, घाम लाग्न थालेसँगै हावाहुरी चल्न थालेको उहाँले बताउनुभयो । देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको भने मौसम आंशिक बदली छ । यी प्रदेशमा दिउँसो हल्का पानी पर्ने अनुमान छ । यस्तै, राति कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको मौसम बदली हुने अनुमान छ । तत्काललाई देशभर नै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७