TRENDING

धार्केमा एकतर्फी गाडी सञ्चालनमा आयो

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा एकर्तफी गाडी सञ्चालनमा आएको छ । गणेश खोला पुलमा अर्का भ्वाङ परेका कारण सडक एक घण्टा पूरै बन्द भएकोमा अहिले एकतर्फी गाडी सञ्चालनमा आएको छ ।

दिउँसो १२ बजेदेखि यो खण्ड हुँदै पृथ्वी राजमार्ग भएर चल्ने गाडी रोकिएका थिए । काठमाण्डौबाट छुट्ने लामो दुरीका गाडी कलङ्कीमै रोकिएका छन् । सडक एकतर्फी खुलेपछि रोकिएका गाडी चल्ने हुँदा बिस्तारै जाम कम हुने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, सडक विभागका कर्मचारीलगायतको टोलीले सडक बनाउने काम गरिरहेको छ ।

अस्ति सोमवार दिउँसो ४ बजेदेखि बन्द सडक हिजो बिहान १० बजे बल्ल एकतर्फी खुलाइएको थियो । १८ घण्टासम्म सडक बन्द हुँदा हिजो रातिसम्म नै जाम भएको थियो । सडक दुईतर्फी नै नखुलेकाले प्रहरीले आज पनि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।