

काठमाडौं । सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विजयी क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललाई जनही तीन लाख दिने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्को बैठकले त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजन मा विशेष प्राथमिकतामा राख्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।
मंगलबार नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा ऐतिहासिक जित निकाल्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो। युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो।
नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ। एसिया कपमा स्थान बनाएको नेपालले समूह एमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूह बीमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७