

बझाङ । यार्चा टिप्न हिमाली दार्चुला र बझाङका पाटन उक्लिएका ६ जना हिमपहिरोमा परेर बेपत्ता भएका छन् । दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर ५ जना बेपत्ता भएका छन् ।
यार्चा संकलनका लागि पार्थी हिमाल क्षेत्रमा पुगेकी बझाङको सुर्मा–१ देवडीकी ३३ वर्षीया झल्लादेवी बोहोरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन् ।
दार्चुलामा मंगलबार दिउँसो पौने ३ बजे आएको हिमपहिरोमा फसेका ७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
दार्चुलाको व्यासमा बेपत्ता हुनेमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा र दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर रहेको प्रहरीले जनाएको छ । जोरायल–२ का खुर्पा थापा, छप्तेन थापा, पासाङ छरपेल बिष्ट, धुक्तेल थापा, हुम्लाको नाम्खा–५ का लाक्पा ग्याल्बो तामाङ, दार्चुला दुहु–४ का कलावती कार्की र अर्जुन कार्कीको सकुशल उद्धार गरिएको हो ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७