

काठमाडौँ । क्रिकेटका नेपाली फ्यानको उत्सुकता बढाउँदै दुई दिन चल्यो– एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल । नेपालले सोमबारै विपक्षी यूएईको ९ विकेट खोसेर जितको आधार तयार पारिसकेको थियो । र, मंगलबार ७ विकेटको जित रच्दै एसिया कपको ढोका खोलेको छ ।
३१ ओभरभित्र विजय लक्ष्य पूरा गर्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियनमात्र बनेन, सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा आफ्नो खेल सुनिश्चित पनि गर्यो । पहिलो पटक एसिया कपमा खेल्न लागेको नेपाल भारत र पाकिस्तानको समूहमा रहनेछ ।
सन् २०१४ मा नेपालले बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेल्दै समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यस्तै २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो, जसलाई हालै सम्पन्न विश्वकप लिग–२ बाट अर्को चार वर्षका लागि सुरक्षित बनाएको छ । तर, सिधै भारत र पाकिस्तानसँग खेल्न पाउने यो सफलता नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो हो ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७