TRENDING

कतारसँग जोगियो नेपाल, शनिबार सेमिफाइनल खेल्ने

काठमाडौँ । निराशाजनक ब्याटिङ गरे पनि नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामामा बिहीबार कतारलाई ६८ रनले पराजित गरेको छ ।

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य बनाएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४०।३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो । नेपाली इनिङ्समा केवल १२ चौका समावेश थियो ।

तर जवाफमा आएको कतारलाई पनि सजिलो भएन । नेपालले कतारलाई २५.१ ओभरमै रनमा अलआउट गर्‍यो । कतारबाट जाहिर इब्राहिम र खुराम सेहजादले समान १५ र अमिर फारुकले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ९।१ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चे । सोमपाल कामीले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर ३ र ललित राजवंशीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।