

जनकपुर । जसपा अध्यक्ष उपेन्द्र यादवलाई गत मंसिरकै निर्वाचनमा पार्टीले बाराको क्षेत्र २ र ३ बाट उम्मेदवार सिफारिस गरेको थियो । तुलनात्मक रूपमा सुरक्षित बाराका दुवै क्षेत्र छाडेर उनी सप्तरी–२ बाट उठे । उनीसँग प्रतिस्पर्धामा थिए– पहिलो पटक आमचुनावमा होमिएको जनमत पार्टीका अध्यक्ष सीके चन्द्रकान्त राउत ।०७४ को निर्वाचनमा सप्तरी–२ बाटै जितेका उपेन्द्रलाई राउतसँग प्रतिस्पर्धा नगर्न शुभचिन्तक र नजिकका धेरैले आग्रह गरेका थिए तर उनले मानेनन् ।
त्यसको मुख्य कारण थियो– कार्यकर्ताले दिएको भरोसा । कार्यकर्ताले उनलाई चुनाव जितिने विश्वास दिलाएका थिए । अर्कातिर आफूले सप्तरी छाड्दा राउतसित डराएको सन्देश जाने र अन्यत्रको परिणाममा असर पर्ने भय उनलाई थियो । मधेसमा जसपाको विकल्पमा उदाउन खोजिरहेका राउतलाई टक्कर दिन पनि आफैं अघि सर्नुपर्ने निचोडसहित उम्मेदवारी दर्ता गराएका थिए ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७