TRENDING

अस्पतालहरूले पार्किङ शुल्क उठाउने गरेकोमा स्वास्थ्य मन्त्रालयको चासो

काठमाडौ । अस्पतालहरूले पार्किङ शुल्क उठाउने गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापदन तथा नियमन महाशाखाले चासो देखाएको छ।

सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई आज परिपत्र गर्दै महाशाखाले अस्पतालहरूले पार्किङ शुल्क लिइरहेकोबारे गुनासा प्राप्त भएको उल्लेख गरेको छ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० को घ अनुसार विपन्न, असहाय, बेवारिसे विरामीका लागि कुल शैयाको १० प्रतिशत शैया अस्पतालहरूले छुट्याउनुपर्छ भने निस्शुल्क रूपमा उपचारको व्यवस्थासमेत गर्नुपर्छ।

महाशाखाले अस्पतालको अग्रभागमा वडा पत्र राख्नसमेत आग्रह गरेको छ।