TRENDING

बारा २ मा यादव ५ हजार १३ मतले अगाडि

काठमाडौँ । बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५ हजार १३ मतान्तरसहित अगाडि रहेका छन् । जारी मतगणनाअनुसार यादवले मंगलबार अपराह्न ४ बजेसम्म १८ हजार ९६ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १३ हजार ८३ मत ल्याएका छन् ।

एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ४५९ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार १६३ मत र आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले १ हजार ९९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म ४१ हजार ७६८ मतगणना गरिएको छ । जसमा ५३४ मत बदर भएको छ ।