TRENDING

काठमाडौमा प्राकृतिक प्रकोप बच्न तयारी नै नपुगेको छैन : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सम्भावित भवितव्य र प्राकृतिक प्रकोपबाट बच्न तयारी नै नपुगेको बताएका छन्।
महाभूकम्पको आठ वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले सार्वजनिक ठाउँ खुला राख्ने विषयमा गम्भीर बन्नुपर्ने बताएका छन्।

‘दुर्घटनाहरू सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो। अव्यवस्थित कुराहरू सकेसम्म व्यवस्थित गर्नु पर्ने हो। सार्वजनिक ठाउँहरू खुला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस्’, उनले भनेका छन्।