TRENDING
होमपेज
उपनिर्वाचनले त्रिविको वैशाख १० को परीक्षा सर्यो


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको छ ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । वैशाख ४ गतेदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सुरु भएको छ । १० गते व्यवस्थापन र मानविकी संकायको केही विषयका परीक्षा सञ्चालन गर्ने कार्यतालिका थियो ।
निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयको आग्रहमा उक्त दिनको परीक्षा वैशाख १६ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले परीक्षाको मिति सार्ने निर्णय गरेको हो । अन्य दिनको परीक्षा भने पूर्वप्रकाशित रुटिनअनुसार नै हुने कार्यालयले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७