TRENDING

हालान्डको २ गोलमा म्यानचेष्टर सिटी विजयी

काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले शनिबार लेस्टर सिटीलाई ३(१ ले पराजित गर्दै उपाधि होड कायम राखेको छ ।
सिटीले लिग लिडर आर्सनलसँग अंक दूरी जम्मा ३ मा झारेको छ ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीले पहिलो हाफमै ३ गोल गरेको थियो । जोन स्टोन्सले पाँचौ मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । त्यसपछि हालान्डले १३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्रर पारे भने २५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

लेस्टरका लागि केहलेची इहनाचोले ७५औं मिनेटमा एक गोल फर्काए ।