

काठमाडौ । नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पु¥याएवापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार उहाँलाई दोसल्ला ओढाइ नगदसहित सम्मान गर्नुभएको हो । पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
समारोहमा केन्द्रको वार्षिक प्रकाशन ‘ज्ञानविन्दु’समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा कोषका संस्थापक, एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष एवम कवि हरिहर अर्यालले विगतका वर्बमा पुरस्कृत व्यक्तित्वका बारेमा तथा साहित्यकार राजेन्द्रप्रसाद अर्यालले २०७९ सालमा पुरस्कृत प्रतिभा प्रभातको जीवनी, व्यक्तित्व र कृतिबारे प्रकाश पार्नुभएको थियो ।
ज्ञानबिन्दुबारे सम्पादकीय मन्तव्य केन्द्रका सदस्य तिलकप्रसाद लुइँटेलले राख्नुभएको थियो भने सभामा प्रा शिवहरि मरहठ्ठा, प्रा डा सुरेन्द्र केसी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ र ईश्वरचन्द्र देवकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७