TRENDING

पहाडी भू–भागमा आंशिक बदली, बाँकीमा मौसम सामान्यतया सफा

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू– भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

मंगलबार पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू – भागको मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।