TRENDING

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

ओखलढुङगा । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका २ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।