TRENDING

एलपी ग्यास बोकेको ट्यांकर दुर्घटनामा एक जनाको मृत्यु

मुग्लिन । एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा आज बिहान ट्यांकर पल्टिएको हो । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ भने दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन्।