

काठमाडौं । भोलि (बुधबार)देखि सुरु हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।
औपचारिक नियुक्तिको प्रक्रिया पूरा हुन बाँकी प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।
नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय शृंखलामा नेपालले पहिलो खेल भोलि बुधबार लाओससँग र १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा दुई टिमले फाइनल खेल्नेछन् । फिफा विण्डो पारेर दुई टोलीलाई आमन्त्रण गरी एन्फाले प्रतियोगिता आयोजना गरेको हो ।
नेपाली टिममा सातजना नयाँ अनुहार छन् । राष्ट्रिय टिमका नियमित खेलाडीहरु विदेश पलायन भएपछि नेपाल टिमको सन्तुलन नै विग्रेको छ । नयाँ प्रशिक्षकले ए डिभिजन लिगमा पाँच चरणको प्रदर्शनका आधारमा नयाँ खेलाडी पहिचान गरेका हुन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७