

काठमाडौँ । बागलुङ, बुर्तिङबाङका ३३ वर्षीय रुद्रबहादुर पुन दक्षिणपूर्वी युरोपेली मुलुक रोमानिया, सर्बिया, क्रोएसिया हुँदै पोर्चुगल पुगेको पाँच महिना भयो । यसबीचमा कुनै रोजगारी पाउन नसकेका उनी एक जना चिनारुको डेरामा मासिक १ सय युरो भाडा कबुलेर बसिरहेका छन् । उनीसँग भाडा तिर्ने पैसा छैन । काम खोज्न कतै जानलाई हातमा पासपोर्ट पनि छैन । ‘राम्रो कम्पनीमा पासपोर्टबिना काम पाइँदैन । घरबाट पैसा मगाएर खानेबस्ने व्यवस्था गरिरहेको छु, तर कतिन्जेल मागीजुगी र ऋणकै भरमा यो परदेशमा बसिरहने रु’ उनले भने ।
पुनले सर्बियाबाट जंगलै–जंगल तीन दिन हिँडेर पोर्चुगल जाने क्रममा बाटैमा पासपोर्ट हराएका थिए । सर्बियामा काम नभएपछि उनी पोर्चुगल हिँडेका हुन् । पासपोर्ट बनाउन पोर्चुगलमा नेपाली दूतावास छैन, पोर्चुगल हेर्ने नेपाली दूतावास फ्रान्ससम्म पुग्न दुई देश पार गर्नुपर्छ । ‘पासपोर्टबिना फ्रान्स जाने कुरा भएन, यता काम खोज्यो, परिचयपत्र माग्छन्,’ पोर्चुगलको काब्लेसोमा बस्दै आएका पुनले भने ।
पासपोर्ट नहुँदा वा नबन्दा मानसिक–आर्थिक तनाव बेहोरिरहेका पुनजस्ता ५ हजारभन्दा बढी नेपाली पोर्चुगलमा छन् । उनीहरू कागजी हिसाबमा गैरकानुनी हुन् । नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विकका अनुसार पासपोर्ट हराएका, मिति सकिएका र सकिन लागेकालाई नाम दर्ता गराउन राजधानी लिज्बनस्थित नेपाली महावाणिज्य दूतावासको आह्वानमा ५ हजार ५ सयले नाम टिपाइसकेका छन् । ‘अरू धेरै कामदार दूतावासको सम्पर्कमै छैनन्,’ उनले भने ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७