

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने संसद सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति पदको निर्वाचनमा संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसदले मतदान गर्नेछन् ।प्रदेशसभाका ५५० र संघीय संसद्का ३३२ मतदाता रहेका छन् ।
मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र आज साँझ नै ६–७ बजेभित्रै परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतले तयारी गरेका छन् । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र सोही पार्टीकी प्रमिला यादवले उमेदवारी दिएका हुन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७