

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम शृंखलाअन्तर्गत पपुवा न्युगिनी ९पीएनजी०विरुद्ध नेपालले कीर्तिमानी ९ विकेटको फराकिलो जित निकालेको छ। सन्दीप लामिछानेको पाँच विकेटप्रेरित नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीलाई ९५ रनमा अलआउट गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ७।४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि ओपनर आसिफ शेखले २१ बलमा आठ चौका र तीन छक्कासहित आक्रमक अर्धशतक बनाए।
पहिलो विकेटका लागि कुशल भुर्तेल ५१ रनको साझेदारी गरेर आउट भए पनि आसिफ ५३ रन जोडेर अविजित रहे। यस्तै, वान् डाउनमा क्रिजमा उत्रिएका कुशल मल्ल १३ बलमा १२ रन जोडेर अविजित रहे।
पीएनजीका लागि चाड सोपरले एक विकेट लिनुबाहेक अन्य बलर निरीह रहे। पहिलो इनिङमा नेपालका लागि सशक्त बलिङ गरेका सन्दीपले १० ओभरमा २५ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिएका थिए।
टस जितेर फिल्डिङ थालेको नेपालले ३२औं ओभरमा पीएनजीको पूरै टिमलाई पभिलियन फर्काएपछि ९६ रनको झिनो लक्ष्य पाएको थियो।
नेपालका लागि ललित राजवंशीले सात ओभरमा १३ रन खर्चेर एक मेडनसहित दुई विकेट लिए। यस्तै, कुशल मल्लले तीन ओभरमा ६ रन खर्चेर एक मेडनसहित दुई विकेट लिए। पाँच ओभरमा २२ रन खर्चिएका सोमपाल कामीले दुई मेडनसहित एक विकेट लिए।
पीएनजीका ओपनर किप्लिन डोरिगा दुई, हिरी हिरी १४ र सेसे बाउ १८ रन जोडेर पभिलियन फर्किए। यस्तै कप्तान आसाद भाला २०, चार्ल्स अमिनी १६ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७