TRENDING

लिग २ : नेपालले पीएनजीविरुद्ध बलिङ गर्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी ९पीएनजी०विरुद्ध बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

यस शृङ्खलाको दोस्रो खेलमा यूएईलाई पराजित गर्दै नेपालले आफ्नो ओडीआई मान्यता जोगाइसकेको छ ।

आजको खेलमा नेपाली टोलीमा एक जना परिवर्तन गरिएको छ । आइतबार यूएईविरुद्ध खेलेका गुलशन झाको ठाउँमा आज करण केसी खेल्दैछन् ।