

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार साउनदेखि माघसम्म कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा २७.१ प्रतिशतले बढी हो ।
गत वर्षका यस अवधिमा रेमिट्यान्स आप्रवाह ४।४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.४ प्रतिशतले बढेर ५ अर्ब ३० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ७ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाा लिने नेपालीको संख्या ३ लाख १४ हजार ७६७ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५७.३ प्रतिशतले बढी हो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०।१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७