TRENDING

यू – १९ विश्वकप छनोटमा नेपाल आज मलेसियासँग खेल्दै

काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू – १९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो चौथो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र मलेसियाबीचको खेल हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड(२ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

छनोट प्रतियोगिता नेपालले यसअघिका तीन वटै खेल जितेको छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।

मलेसियाले भने तीन खेल खेल्दा जम्मा एक खेल जितेको छ । दुई खेलमा पराजित भएको थियो ।

आजै यूएई र कुवेत तथा सिंगापुर र हङकङबीच खेल हुनेछ ।