

काठमाडौँ । आर्थिक संकट झेलिरहेको पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । बुधबार पाकिस्तान सरकारले पेट्रोलमा २२ रुपिया र हाई स्पीड डिजेलमा प्रतिलिटर १७ रुपिया मूल्य बढाएको छ । अब पाकिस्तानी बजारमा पेट्रोलको मूल्य २७२ रुपिया र हाई स्पीड डिजेलको मूल्य प्रतिलिटर २८० रुपिया पर्नेछ । त्यस्तै मट्टीतेल भने प्रतिलिटर २०२ रुपिया पुगेको छ ।
पाकिस्तानी संसद्मा अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ सँगको ऋण सम्झौताबारेको विधेयक पेस भएको केही घण्टामै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पाकिस्तानी मुद्रा कमजोर हुँदै गइरहेकाले पेट्रोलियम पदार्थको मूल्य बढाइएको सरकारले जनाएको छ । बिहीबार पाकिस्तानमा १ अमेरिकी डलरको खरिददर २६५ र बिक्रीदर २६७ पाकिस्तानी रुपिया रहेको छ ।
पाकिस्तान सरकारले आईएमएफसँग ७ अर्ब अमेरिकी डलरबराबरको ऋण सम्झौता गर्दैछ । यतिबेला पाकिस्तानसँग विदेशी मुद्राको सञ्चिति पनि निकै कम छ । पाकिस्तानसँग २.९ अर्ब अमेरिकी डलर मात्र सञ्चिति रहेको र त्यसले १६र१७ दिनको मात्र आयात धान्ने पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
पाकिस्तानी अर्थमन्त्री इशाक दारले आईएमएफका सर्तहरू पालना हुनेगरी विधेयक टेबुल गरिएको बताएका छन् । साथै सामान्य बिक्री कर९जीएसटी० मा १७ बाट बढाएर १८ प्रतिशत पुर्याउने पनि विधेयकमा प्रस्ताव रहेको उनको भनाइ छ । त्यस्तै चुरोट, पेयपदार्थ र सिमेन्टमा भन्सार दर बढाइने सरकारले जनाएको छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७