

काठमाडौ । आगमी १४–२१ फ्रेबुअरीमा हुने ‘नेपाल–नामिबिया–स्कटल्याण्ड थ्री सिरिज’ मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेले पनि सहभागीता जनाउने भएका छन् ।
नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वर्ल्डकप लिग–२’ मा सहभागिता जनाउन लागेको हुन् ।
नेपाल क्रिकेट संघले बुधवार अबेर उक्त खेलमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गर्दा लामिछाने पनि समावेश गरेको हो ।
जसअनुसार कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दिपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दिप जोरा, सुर्य तामाङसहितको नेपाली टोली सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन् ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७