

एजेन्सी । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ ।
लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।
उनले भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुको स्थलगत भ्रमणसमेत गरेका छन् । उनले यो स्तरको विपदको सामना गर्न पूर्वतयारीले पनि नपुग्ने भनेर टिप्पणी गरेका छन् । उनले केही समय काम गराइमा समस्या आए पनि अहिले स्थिति नियन्त्रणमा रहेको दाबी गरेका छन् ।
तर टर्कीको मुख्य विपक्षी पार्टीका नेताले त्यसप्रति असहमति जनाएका छन् । उनले यति धेरै क्षतिको जिम्मेवार राष्ट्रपति एर्दोआन नै भएको आरोप लगाएका छन् । राष्ट्रपति एर्दोआनले भने आरोप खण्डन गर्दै भनेका छन्, ‘यो एकजुट हुने समय हो । यस्तो स्थितिमा राजनीतिक फाइदाका लागि नकारात्मक अभियान चलाउनेलाई म सहन सक्दिनँ ।’
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७