

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा माघ ९ गतेदेखि नगर स्तरीय महिला टि – २० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
सहिद दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताका खेलहरू देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन हुने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।
नगरका ७ टोलीको सहभागिता रहने प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।
यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५ र १५ सय, अनुशासित टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ ।
प्रतियोगिताका खेलहरू आइसीसिको नियम र एलपिसिको आधारमा खेलाइने छन्। प्रतियोगिताको समापनको दिन दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ ।
खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरूको क्रिकेट खेलतर्फ रूची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले बताए। निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७