TRENDING

अस्ट्रेलियामा नेपालीको संघर्षबारे फिल्म बन्दै

काठमाडौँ । देवकुमार श्रेष्ठको निर्देशनमा ुसिड्‍नीु बन्ने भएको छ । वैशाखबाट छायांकनमा जाने फिल्ममा अभिनेत्री रीमा विश्वकर्मा र सविन श्रेष्ठको अभिनय रहनेछ ।
ओमाइगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त व्यानरमा निर्माण हुने फिल्मको छायांकन २० प्रतिशत नेपालमा अनि ८० प्रतिशत सिड्नीमा गरिने बताइएको छ ।

छायांकनमा जानुअघि फिल्मको सबै कलाकार तय गर्ने तयारीमा छन् निर्माण टिम । अस्ट्रेलियामा बस्ने नेपालीले गर्ने संघर्षमाथि फिल्मको कथा आधारित छ । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरिबहादुर घलेले छायांकन गर्नेछन् ।