

काठमाडौ । प्रतिनिधि सभाको उपसभामुखका लागि आज शुक्रवार मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले हिजो बिहीवार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा मतदान प्रक्रिया हुनेछ ।
सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् गृहमन्त्री रवि लामिछानेले आज ९ बजे संसदीय दलको बैठक बस्ने र पार्टीको उपसभामुख उम्मेदवारबारे निर्णय गर्ने बताउनुभएको छ । रास्वपाबाट उपसभामुखको उम्मेदवारमा सोबिता गौतमको चर्चा छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य निर्वाचित गर्नुपर्ने संविधानको बाध्यात्मक व्यवस्था छ ।
सभामुखमा हिजो एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरेले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७