

काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २५ गतेको आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने हिसाबले तयारी अघि बढाएको छ । सरकारसँग अबका छलफ क्रममा आयोगले राष्ट्रपति निर्वाचनका लागि सोही मिति प्रस्तावित गर्ने मनस्थिति बनाएको आयुक्त रामप्रसाद भण्डारीले बताए ।
आयुक्त भण्डारीले भने, आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन गराउने हिसाबले तयारी थालेका छौं। यद्यपि, निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग एक चरणको छलफल भइसकेको छ। अब फेरि छलफल गर्नुपर्ने देखिएको छ । दुई, तीन चरण सरकारसँग छलफल गरेपछि बल्ल निर्वाचनको मिति तोकिने छ ।
वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने प्रावधान रहेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७