

काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ। रियल म्याड्रिडलाई ३–१ गोल अन्तरले हराउँदै बार्साले उपाघि जितेको हो।
साउदी अरबको रियादमा आइतबार राति भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन रियल लज्जास्पद हार व्यहोर्न पुग्यो।
किङ फाद इन्टरनेसनल स्टेडियममा बार्सिलोनालाई च्याम्पियन बनाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले गोल गरेका थिए। रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काएका थिए।
खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभिले रोबर्ट लेवान्डोस्कीको पासबाट गोल गर्दै बार्सिलोनालाई सुरूआती अग्रता दिलाएका थिए। खेलको ४४ औं मिनेटमा गाभिकै पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २(० ले अग्रता दिलाए।
पहिलो हाफमा २(० ले अगाडी रहेको बार्साका लागि दोस्रो हाफको ६९ औं मिनेटमा गाभीको पासमा पेड्रीले गोल गर्दै खेलमा बार्सिलोनाले ३(० को अग्रता बनायो। करिम बेन्जेमाले खेलको इन्जुरी समयमा गोल गर्दै अन्तर घटाए पनि हार जोगाउन सकेनन्।
बार्सिलोनाले सन् २०१८ पछि पहिलो पटक सुपर कपको उपाधि उचाल्यो।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७