TRENDING
होमपेज
९९ दिनपछि थुनाबाट रिहा भए संन्दीप लामिछाने


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने रिहा भएका छन्। किशोरी बलात्कार आरोपमा असोज २० गते पक्राउ परेका उनी ९९ दिनपछि थुनाबाट छुटेका हुन् ।
उच्च अदालत पाटनले २० लाख धरौटी लिएर उनलाई रिहा गरेको हो। नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालतको आदेशले लामिछाने थुनामा रहेका थिए।
थुनामा रहेका लामिछानेले जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाई गर्दै उच्चले शर्तसहित लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।
सोही आदेश अनुसार सन्दीप २० लाख धरौटी बुझाएर रिहा भएका हुन् । उनी रिहा हुने बेला कारागार परिसर पुगेका सयौं समर्थकले सन्दीप भाइ हाइहाइको नारा लगाएका छन् ।
जेलबाट ९९ दिनपछि खुल्ला आकाशमा निस्किँदै गर्दा सन्दीपमा कान्ति छाएको देखिन्थ्यो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७