TRENDING

मुख्यमन्त्री जम्मकटेलले माघ ३ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । सरकारले माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यक्रमको लागि प्रदेशसभालाई जानकारी गएको बागमती प्रदेश सरकारका प्रवत्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।

प्रदेशसभामा रहेका ७ दल मध्ये ५ दलको समर्थमा बनेको सरकारलाई विश्वासको मत प्राप्त हुने प्रवक्ता थपलियाको भनाई छ । बागमतीमा रहेको १ सय १० प्रदेशसभा सदस्य मध्य एमाले, माओवादी केन्द्र, राप्रपा, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन गरेपछि कुल ७० जना सांसदको सहयोगमा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।