TRENDING

३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार रातिदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपैयाँले मूल्य घटाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्य १ सय ७२ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ कायम भएको छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।