

काठमाडौँ । सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । एकै दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।
यो मूल्य वि।सं। २०७९ कै उच्च हो । गत वर्ष २०७८ फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको रेकर्ड छ । सो दिन प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता घट्दै गएको मूल्य ९१ हजार रुपैयाँसम्म झरेको थियो । पुनः मूल्य उकालो लागेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाउन सक्ने संकेत देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च प्रतितोला १ हजार ४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७