TRENDING

सिद्धार्थनगरमा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि चर्को आलोचना

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको चर्को आलोचना भएको छ ।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी नै गरेका छन् ।