TRENDING

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी नेपाल टी–ट्वान्टी लिगमा विवाद

काठमाडौं  : नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी नेपाल टी–ट्वान्टी लिगमा विवाद उत्पन्न भएको छ।

पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी–ट्वान्टीमा आज मंगलबार हुने खेलहरु अन्योलमा परेको छ।

तालिका अनुसार मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच खेल हुने तालिका थियो। त।। तर, दुबै टोलीका खेलाडीले टस नै गर्न मानेका छैनन्। दुबै टोलीले प्लेईङ–११ मा नाम दर्ता समेत गराएका छैनन्।

फ्रेन्चाईज टोलीमा आबद्द खेलाडीले सहमति अनुसारको रकम नपाएपछि उनीहरु आन्दोलित भएका हुन्। खेलाडीले खेल अघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक रकम पाउनु पर्ने सहमति रहेको थियो।