TRENDING

सरकारमा सहभागीताबारे छलफल गर्न नेकपा एसको पोलिटब्यूरो बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा आफ्नो सहभागीताबारे छलफल गर्न आज पोलिटब्यूरो बैठक बोलाएको छ। बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा टुंगो लगाइनेछ।

सरकारमा सहभागिताबारे निर्णय गर्न बसेको स्थायी कमिटीले निष्कर्ष निकाल्न नसकेपछि पोलिटव्युरो बैठक बोलाएको हो । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन अनुरोध गरिरहेका छन्।

आजको बैठकले सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्ने एकीकृत समाजवादीले जनाएको छ।