

जाजरकोट । जाजरकोटमा यस वर्ष ३३ करोड रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा १६ प्रतिशत उत्पादन बढेको जिल्लामा ३३ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको हो ।
पराम्परागत खेती प्रणालीलाई किसानहरुले बर्षेनी परिवर्तन गर्न थालेका छन् । धान, मकैं, गहुँ खेती जस्ता अन्न बाली उत्पादन गर्दै आएको जमिनमा किसानहरुले बर्षेनि व्यावसायिक सुन्तला खेतीको क्षेत्र विस्तार गर्न थालेका छन् । जसले गर्दा यो वर्ष ६ हजार ७५० मेट्रिक टन सुन्तला फलेको छ ।
सुन्तला उत्पादनको लागि यस वर्ष राम्रो सिजन भएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई जाजरकोटका निमित्त प्रमुख दिपेन्द्र पोखरेलले प्रत्येक वर्ष भइरहेको सुन्तला खेतीको क्षेत्र विस्तारले उत्पादन बढेको बताए ।
कुशे गाउँपालिकाका वडा नं। १ देखि ९ सम्म, भेरी नगरपालिका–१, २, ३, ४, ५, ६, ७ र १० नम्बर वडा, नलगाड नगरपालिकाको वडा नं। १ देखि ७ सम्म र छेडागाड नगरपालिकाको १०, ११ र १२ नम्बर वडाका १७५ निजी फर्म, समूह, सहकारीले ६०५ हेक्टर जमिनमा व्यावसायिक सुन्तला खेती गरिरहेको निमित्त प्रमुख पोखरेलले जानकारी दिए ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७