

सुर्खेत । पुस ८ र ९ गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको साधारणसभा पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको छ।
महासंघको केन्द्रीय कार्यसमितिको आयोजना तथा सुर्खेत शाखाको आतिथ्यमा साधारणसभा सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागिएको हो। कार्यक्रमका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी तयारीमा लागेको महासंघले जनाएको छ।
अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ। साधारणसभाको उद्घाटन सत्र पुस ८ गते बिहान ९ बजे हुनेछ भने त्यसअघि बिहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी कार्यक्रम गरिने भएको छ।
साधारणसभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिनेछ।
एक हजार ३१६ साधारण सदस्य रहेकोमा यो अधिवेशनमा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा नेजा र एन्जा का पदाधिकारी सदस्य गरी ७५० राष्ट्रिय परिषद् सदस्यको सहभागिता हुने महासचिव पुरीले जनाए।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७