

काठमाडौं । दक्षिण कोरियामा जन्मदरमा कमी आएको समाचारमा जनाइएको छ । दक्षिण कोरियामा गत वर्षको तुलनामा यसवर्ष जन्म दरमा कमी आएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरुले गत वर्षको तुलनामा यसवर्ष कम्तीमा पनि १४ प्रतिशतले यहाँको जन्म दरमा कमी आएको बताइएका हुन् । यस वर्षको अक्टोबरमा २१ हजार ९३४ जना बालबालिका जन्मिएका हुन् । ती अधिकारीहरुका अनुसार यो संख्या यसै महिनाको अघिल्लो वर्षको तुलनामा कम्तीमा पनि १४.४ प्रतिशत हुन आउँछ ।
यो जन्म दर दक्षिण कोरियामा सन् १९८१ देखि शुरु गरिएको यससम्बन्धी तथ्यांककै सबैभन्दा कम रहेको स्टाटिस्टीक्स कोरियाले जनाएको छ । दक्षिण कोरियामा युवतीहरुले उमेर धेरै भए पछि मात्र विवाह गर्ने प्रचलन बसेको छ । जसका कारण यहाँको जन्मदरमा कमी आएको पाइएको हो ।
सो महिना अर्थात् अक्टोबरमा पनि विवाह गर्ने महिलाको संख्यमा कमी आएको देखिएको छ । यसै वर्षको अक्टोबरमा पहिलो वर्षको सो महिनाको तुलनामा १९ प्रतिशत भन्दा कमले विवाह गरेका पनि सो तथ्यांमा पाइएको छ ।
समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७