

काठमाडौं । पोर्चुगल फुटबल टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पद छाडेका छन् । कतार विश्वकपमा पोर्चुगलको निराशाजनक प्रदर्शनपछि प्रशिक्षक सान्तोसले पदक छाडेको पोर्चुगल फुटबल संघले जनाएको छ ।
कतार विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग १–० ले पराजित हुँदै पोर्चुगल बाहिरिएको थियो । त्यसपछि नै उनको पद धरापमा परेको थियो । पोर्चुगल फुटबल संघसँगको सहमतिमै उनले पद त्यागेको बताइएको छ।
सन् २०१४ देखि पोर्चुगलको प्रशिक्षक रहेका सान्तोसले पोर्चुगललाई २०१६ को युरो कप उपाधि दिलाएका थिए । यस्तै २०१९ को युइएफए नेसन्स लिग पनि जिताएका थिए ।
सान्तोसले अन्तिम खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय गरेका थिए । त्यसअघि अन्तिम १६ मा स्वीजरल्याण्ड विरुद्धको खेलमै रोनाल्डोलाई बेन्चमा राख्दै गोन्सालो रामोसलाई पहिलो रोजाइमा खेलाएका थिए । रामोसले त्यही खेलमा जारी विश्वकपको पहिलो ह्याट्रिक गरेका थिए ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७