

काठमाण्डौ । मुख्य तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको समानुपातिकतर्फ मत घटेको छ । अघिल्लो चुनावको तुलनामा यसपटक ठूला तीन दल सबैको मत घटेको हो । अहिलेसम्म समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मत गणना भएको छ ।
समानुपातिकतर्फ अब थोरै मत मात्रै गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फ एमालेले २७ लाख ८८ हजार मत ल्याएको छ । पाँच वर्षअघि एमालेले ३४ लाख ३८ हजार मत ल्याएको थियो । यस्तै नेपाली कांग्रेसले पाँच वर्षअघि ३४ लाख १४ हजार मत ल्याएकोमा यसपालि २६ लाख ६० हजार मत ल्याएको छ ।
माओवादीले केन्द्रले यसपालि ११ लाख ६२ हजार मत ल्याएको छ । पाँच वर्षअघि माओवादीले समानुपातिकतर्फ १४ लाख २२ हजार मत ल्याएको थियो । ठूला पार्टीको मत घट्दा नयाँ पार्टीले उल्लेख्य मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख २४ हजार, राप्रपाको ५ लाख ८६ हजार, जसपाको ४ लाख २० हजार र जनमत पार्टीको ३ लाख ९४ हजार मत आएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७