

निर्देशक निश्चल बस्नेतले चलचित्र निर्देशन नगरेको केही बर्ष भयो । उनी, राम्रो कथाको खोजीमा लागेको केही बर्ष भयो । केही समय अगाडि निर्देशक बस्नेत र कलाकार तथा निर्माता दिपकराज गिरीको सहकार्यको चर्चा पनि चलेको थियो । दुबैले एउटा चलचित्रमा काम गर्ने तयारी गरेपनि त्यो पुरा हुन सकेन ।
तर, यतिबेला फेरि दिपकराज र निश्चलको सहकार्यको चर्चा सुरु भएको छ । केही दिन अगाडि दिपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का र निश्चल बस्नेतले भेटघाट गरेपछि यो चर्चा सुरु हुने स्वभाविक पनि हो । यो बिषयमा कुरा गर्दै दिपकले भने–‘हामीले चलचित्रमा सहकार्य गर्ने बिषयमा नै भेटघाट गरेका भने होइनौ । तर, भेटघाटका क्रममा सहकार्य गर्नुपर्छ भन्ने छलफल भने भएको छ ।’
कोभिडपछि उत्पन्न परिस्थितीले चलचित्र क्षेत्रमा मेकरहरुविच सहकार्यको आवश्यकता छ । दिपकले आफू र निश्चलविच यो बिषयमा कुरा भएको बताए ।
केही समय अगाडि पनि सहकार्यको कुरा भएपनि पुरा हुन नसकेको भन्दै दिपकले निश्चलसँग सहकार्य हुन सक्ने संकेत गरेका छन् । दिपकराज गिरी र उनको टिमले चलचित्र ‘छ माया छपक्कै २ र छक्का पन्जा ४’को तयारी गरिरहेको छ भने निश्चल पनि नयाँ चलचित्रको तयारीमा लागेको वुझिएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७